Skip

Hamro Sanchar

त्रिशूली ३’ए’ सुरुङभित्रबाट आयो मानिसको आवाज, उद्धार तीव्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १९ गते


Advertisement

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३’ए’ जलविद्युत् आयोजनाको सुरुङमा ९ दिनदेखि जारी उद्धारका क्रममा आज सुरुङभित्रबाट मानिसको आवाज सुनिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको बताएका छन्।

उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको छ।

सुरुङभित्रबाट मानिसको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको उनले बताएका छन्।

न्यौपानेले बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न रहेको जानकारी दिएका छन्।

अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यहाँबाट सवारीमार्फत काठमाडौं फर्कने तयारीमा रहेको उनले बताएका छन्।

उनले उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारको सुखद खबर छिट्टै प्राप्त हुने आशा व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्