Skip

Hamro Sanchar

बिपत्तिकै समयमा व्यवसायीले बढाए खाना पकाउने ग्यासको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ, काठमाडौं । रसुवा बाढी बिपत्तिको समयमा व्यवसायीले ग्यासको मूल्य बढाएका छन् ।

कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढेको कारण देखाउदै व्यवसायीहरूले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास)को मूल्य बढाएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघको आज सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानीबापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी बिक्री(वितरण गर्न आग्रह गरेको हो ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ( नेपाल आयल निगमले यसअघि गरेको निर्णयअनुसार हेटौंडाको सहारा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप हुने ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा र करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

उपत्यकामा रहेका ग्यास उद्योगहरूले हेटौंडामा रहेका उद्योगबाट रिफिल गरी सिलिन्डर ल्याउने गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्