१८ भदौ, काठमाडौं । सरकारले भोटेकोसी बाढीपछि बेपत्ताको खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीका लागि सुविधासहितको प्याकेज घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्धारमा खटिँदा मृत्यु भएमा १० लाख रुपैयाँ उपलब्ध गराउनेसहितको प्याकेज घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
“खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने,” निर्णय सुनाउँदै पोखरेलले भने
































