Skip

Hamro Sanchar

काठमाडौंका भूमिहीन र सुकुम्बासीलाई जग्गा पाउने अवसर, ३५ दिनको समय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ, काठमाडौं । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

समितिले काठमाडौं महानगरपालिका क्षेत्रभित्र बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्धारित ढाँचाअनुसार निवेदन पेश गर्न आह्वान गरेको हो।

समितिका अनुसार सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र आफू बसोबास गर्दै आएको वडा कार्यालयमार्फत निवेदन पेश गर्नुपर्नेछ।

जग्गा प्राप्तिका लागि योग्य भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले समितिले तोकेको ढाँचामा आवश्यक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समिति, ताहाचल काठमाडौंले उक्त सूचना प्रकाशित गरेको हो।

 


प्रतिकृया दिनुहोस्