Skip

Hamro Sanchar

भोटेकोसी विपद्‌बारे विशेष प्रस्ताव संसद्‌बाट पारित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १७ गते


Advertisement

१७ भदौ, काठमाडौं । भोटेकोसीको बाढीले निम्त्याएको विपद्बारे संसद्ले विशेष प्रस्ताव पारित गरेको छ।

आज प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो।

प्रस्तावमा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। त्यस्तै, पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।


प्रतिकृया दिनुहोस्