१७ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले भदौ १० गते भोटेकोसीमा भीषण बाढी आएको सूचना आफूलाई आएको जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा भोटेकोसीमा आएको बाढीबारे जानकारी दिँदै उनले त्यसपछि ९ बजे तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको जानकारी गराएका हुन् ।
जिल्लाबाट ब्रिफिङ आएपछि जिल्ला प्रशासनबाट ९ बजे तटीय क्षेत्रमा सुरक्षित क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरिएको उनको भनाइ छ ।
९ बजेर १५ मा विपद प्राधिकरणको आकस्मिक बैठक बोलाइएको उनको भनाइ छ । ९ बजेर ३५ मा टेलिकममार्फत सूचना पठाएर सतर्क रहन प्रभावित क्षेत्रका बासिन्दालाई सूचना पठाइएको उनको भनाइ छ ।
९ बजेर ४५ मिनेटमा उद्धारको लागि पहिलो हेलिकोप्टर प्रभावित क्षेत्रमा पठाइएको उनको भनाइ छ ।
































