Skip

Hamro Sanchar

कप्तानगञ्ज घटना, रवीन्द्रका आफन्तको अडान : गृहमन्त्री नआएसम्म शव नलैजान्नौ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १९ गते


१९ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौंमा मृत्यु भएका रवीन्द्र मेहताको शव बिनासम्झौता संकलन लैजाने अडान परिवारले लिएको छ ।

गृहमन्त्री आउनुपर्ने, आफूहरूको माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्र शव अस्पतालबाट उठाउने उनीहरूको भनाइ छ।

परिवारका सदस्य र आफन्त अस्पतालको आईसीयू कक्षबाहिर बसेका छन् । अस्पतालमा अन्य आफन्तको उपस्थिति पनि थपिँदै छ । उनीहरूले सरकारसँग सम्झौता नहुँदासम्म आफूहरू अस्पतालबाट नफर्कने बताइरहेका छन् ।

२२ वर्षीय मेहताको मंगलबार त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो ।

यसअघि मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले शहीद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ ।

रवीन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन् ।


प्रतिकृया दिनुहोस्