
७ साउन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–७ का रिमाललाई सीआईबीको टोलीले बिहीबार काठमाडौं महानगरपालिका–७ स्थित सिफलबाट पक्राउ गरेको हो।
पक्राउ परेका रिमाललाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीका प्रवक्तारसूचना अधिकारी अनुपम शमशेर ज।व।रा जानकारी दिए ।
सीआईबीका अनुसार बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत प्रतिवादी दीपक भट्ट समेत भएको मुद्दामा उनी लामो समयदेखि फरार रहेका थिए ।






























