
५ साउन, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवास बाहिर प्रदर्शन गरेपछि उनी पक्राउ परेका हुन् ।
प्रतिपक्षी दलका नेतासमेत रहेका गान्धीले प्रधानमन्त्री मोदीले राजीनामा दिनुपर्ने बताएका थिए।
त्यस्तै प्रियंका गान्धी र अखिलेश यादवलाई पनि प्रहरीले पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
गान्धीले केरलका मुख्यमन्त्रीसहित कांग्रेस नेताहरूका साथमा दिउँसो साढे ३ बजेदेखि प्रदर्शनमा उत्रिएका थिए।
दिल्लीमा जारी प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको भन्दै कांग्रेस नेताहरूको त्यसको विरोधमा उत्रिएका थिए।
मिडिया रिपोर्ट्सका अनुसार राहुल, प्रियंका र अखिलेशलाई फरक फरक गाडीमा दिल्ली प्रहरीले लगेका थिए। राहुल गान्धीको आँखामा चोटसमेत लागेको बताइएको छ ।






























