Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कीर्तिपुरमा कारमा एक्कासि भीषण आगलागी, जलेर एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ५ गते


Advertisement

५ साउन, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काडमाडौका प्रमुख एसएसपी दिलिप घिमिरेले बताए।

पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। गाडीभित्रै रहेका व्यक्तिको मृत्यु भएको एसएसपी घिमिरेले बताए।

मृतकको पहिचान खुलेको छैन। मृतक व्यक्ति चालकको सिटमा रहेको उनले बताए।


प्रतिकृया दिनुहोस्