
३ साउन, काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले अवरोधहरू पन्छाएपछि सवारी आवागमन सुचारु भएको जानकारी दिएको छ ।
आइतबार बिहान अन्दाजी ४:३० बजे काभ्रेको रोशी गाउँपालिका-७ घुमाउने, रोशी-८ गिम्दी र रोशी-९ बिरुवा डाँडा र पिनथलीमा सडक माथिबाट पहिरो आई बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडको अवरोध पन्छाएसँगै आवागमन सुचारु भएको प्रहरीले जानकारी दिएको हो ।






























