Skip

Hamro Sanchar

ओली भन्छन् : एमाले अनुकूलतामा हौसिने र प्रतिकूलतामा निराश हुने पार्टी होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १ गते


Ee१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताएका छन् ।

पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिकीकरण कार्यक्रममा आज उनले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने नगर्ने बताएका हुन् ।

एमाले जस्तोसुकै चुनौतीहरूको सामना गर्दै ती चुनौतीहरूलाई पराजित गर्दै अगाडि बढ्छ, उनले भने, नेकपा एमाले परिस्थितिसँग आत्तिने अथवा मात्तिने गर्दैन, अनुकूलता आयो भने हौसिने र अलिकति प्रतिकूलता आयो भने निराश हुने पार्टी एमाले होइन, हरेक परिस्थितिहरूमा हामीले जितेका छौं, सामना गरेका छौं र अगाडि बढेका छौं, बढ्छौं।


प्रतिकृया दिनुहोस्