
३१ असार, काठमाडौं । साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको गौरीनगरस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो।
‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास तथा ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कृति छन्।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको दिवङ्गत शर्माको पारिवारिक स्रोतले जनाएको छ ।






























