Skip

Hamro Sanchar

प्रधानमन्त्री शाह संसद्‌मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


३० असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) डेढ महिनापछि संसद्मा उपस्थित भएका छन्।

प्रधानमन्त्री शाह आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका हुन्। उनी दिउँसो पौने २ बजे प्रतिनिधि समाको बैठकमा पुगेका हुन्। आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु भएको हो।

उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। त्यतिबेला सांसदसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपाल पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए।

त्यसलाई लिएर विपक्षी दलले विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले संसद्मा आएर त्यसबारे प्रस्टीकरण दिनुपर्ने माग गर्दै आएका छन्।

तर, प्रधानमन्त्री शाह त्यसपछि संसद्मा आएका थिएनन्। उनी मंगलबारको प्रतिनिधि सभाको बैठकमा आएका हुन् ।


प्रतिकृया दिनुहोस्