Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाबुराम भन्छन् : कसैको सम्पत्ति छानबिन गर्ने कसैको नगर्ने भन्ने हुँदैन, कानुनको नजरमा सबै समान हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


Advertisement

३० असार, काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक राज्यमा कानुनको दृष्टिमा सबै नागरिक समान हुनुपर्ने भन्दै राज्यका निकायबीच एउटै निर्णयको फरक व्याख्या र कार्यान्वयन हुनु चिन्ताजनक भएको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले नागरिकमाथि प्रथमदृष्टिमै विभेद हुने गरी राज्यले काम गर्न नमिल्ने उल्लेख गर्दै यस्तो अवस्थाले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएको बताएका हुन्।

भट्टराईले राज्यका केही अंगलाई ‘पवित्र’ र अरूलाई ‘अपवित्र’ घोषणा गर्दै जनमत प्रभावित पार्ने र नियोजित रूपमा लोकतन्त्र कमजोर बनाउने अभ्यासतर्फ देश उन्मुख हुन खोजेको हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन्।

उनले आफू विगत एक दशकदेखि नयाँ अग्रगामी वैकल्पिक राजनीतिक विचार र शक्तिको पक्षमा रहेको तथा भ्रष्टाचार नियन्त्रणका लागि उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने धारणा निरन्तर राख्दै आएको उल्लेख गरेका छन्।

आफू गाउँमा रहेका कारण केही ढिलो भए पनि तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउने जानकारी दिँदै उनले सबैलाई पनि सम्पत्ति विवरण पेस गर्न आग्रह गरेका छन्।

भट्टराईले अंग्रेजी उखान “त्जभ चयबम तय जभिि ष्क उबखभम धष्तज नययम ष्लतभलतष्यलक” उद्धृत गर्दै राम्रो उद्देश्यका नाममा लोकतान्त्रिक मूल्य र विधिको अवमूल्यन हुन नहुने चेतावनी दिएका छन् ।


प्रतिकृया दिनुहोस्