
३० असार,काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘न्याय परिषदको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२’, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२’ तथा ‘लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन ९२०८१ श्रावण–२०८२ आषाढ’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १ (९३)सम्बन्धी सन् २०१४ को प्रोटोकल नं.२९ माथि छलफल गरी अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
यस्तै, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।






























