Skip

Hamro Sanchar

विभिन्न मिडिया हाउसका गेट अघि कस्ले गर्‍यो गाडी पार्किङ, आवतजावतमा समस्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २९ गते


२९ असार, काठमाडौं । विभिन्न सञ्चारमाध्यमको गेट अगाडि शंकास्पद रुपमा निजी गाडीहरू पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको पाइएको छ।

आज बिहान साढे ७ बजेदेखि कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद निजी गाडीहरू पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको छ ।

तीनकुने स्थित कान्तिपुरको कार्यालय नयाँ बानेश्वरमा रहेको अनलाइखबरको र मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको कार्यालय प्रवेशद्वारमा गाडी तेर्स्याइएका कारण पत्रकारहरूलाई रिपोर्टिङमा जान र सवारी साधन भित्र(बाहिर गर्न कठिन भएको छ ।

यी गाडीहरू कसले र किन राखेको भन्ने खुलेको छैन । मिडिया हाउसहरूले बिहानै जानकारी गराए पनि ट्राफिक प्रहरीले ११ बजेपछि मात्र कानुनी प्रक्रिया सुरु गरी कान्तिपुरको गेटमा रहेको गाडीमा ‘ह्विल(लक’ लगाएको छ । प्रहरी टोली परिचालन गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्