Skip

Hamro Sanchar

खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ३ बालबालिकाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २८ गते


२८ असार, सिरहा । खाल्डोमा जमेको पानीमा डुबेर सिरहामा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेख रहेका छन्।

रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए।

घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतवार करिब दिउँसो २स्३० बजे घरबाट खेल्न निस्किएका थिए ।

खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको बताइएको छ ।

 


प्रतिकृया दिनुहोस्