Skip

Hamro Sanchar

खरिपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको ओइरो, भने : ढुक्क हुनु लालपुर्जा दिन्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २८ गते


२८ असार,काठमाडौं । भक्तपुरको खरिपाटी सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षणमा सरकारका मन्त्रीहरुको ओइरो  लागेको छ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुमबासीहरूलाई खरिपाटी सारिएको थियो।

खरिपाटीमा सुकुमबासीहरूको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादवलगायत खरिपाटी पुगेका थिए।

त्यहाँ मन्त्री प्रतिभा रावलले सुकुमबासीलाई सुरक्षित स्थानमा सार्ने र लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

यस्तै, उनले सुकुमबासीको नाममा वर्षौंदेखि भइरहेको राजनीति अन्त्य गर्न सरकार तत्पर रहेको बताइन्।

सरकारले सुकुम्बासीलाई व्यवस्थित गर्ने नाममा झनै दुःख दिएको भन्दै सरकारको आलोचन भइरहेको छ ।


प्रतिकृया दिनुहोस्