
२८ असार, काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ ।
उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् ।
छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदैछन् । उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ ।
जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी हुन् । माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन् ।





























