Skip

Hamro Sanchar

धनुषामा उपमेयर चढेको गाडी र एम्बुलेन्स सङ्ग ठोक्कियाे : ८ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २७ गते


२७ असार, काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते भएका छन्।

आज बिहान करिब ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना।२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार ५ जना र उपमेयर सवार गाडीका ३ जना गरी ८ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया धनुषा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्