Skip

Hamro Sanchar

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २५ गते


२५ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले
आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन् ।धा

निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा व्यवसायीसँग छलफल गर्ने भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसायीबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ ।


प्रतिकृया दिनुहोस्