Skip

Hamro Sanchar

के ट्रम्पलाई इरानबाट ज्यानको खतरा छ ? यस्तो भन्छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २५ गते


२५ असार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको बताएका छन्।

एयर फोर्स वानमा यात्राका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानीहरूको हिटलिस्टको शीर्ष स्थानमा रहेको दाबी गरे।

वास्तवमा पत्रकारहरूलाई उडानको समयमा झ्यालको पर्दा बन्द राख्न भनिएको थियो। यसबारे सोध्दा ट्रम्पले भने, ‘यो खतरनाक उडान हुन सक्छ। यी (इरानीहरु) खतरनाक मानिसहरू हुन्। म सधैँ खतरामा हुन्छु। मेरो नाम उनीहरूको सूचीको शीर्षमा छ।’

ट्रम्पले पत्रकारहरूलाई ठट्टा गर्दै भने, ‘यदि मलाई केही भयो भने तपाईंहरूलाई पनि हुन्छ। सायद कुनै दिन तपाईंले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्नेछ।’गएराति मात्र अमेरिकाले शान्ति सम्झौता भएयता इरानमा लगातार दोस्रोपटक हवाई हमला गरेको छ।

 


प्रतिकृया दिनुहोस्