
२५ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले हालै सम्पन्न निर्वाचनको परिणामलाई लिएर सामाजिक सञ्जालमा एक व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
उनले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीचको चुनावी खर्च र प्राप्त मतको तुलना गर्दै नेपाली समाजको प्रवृत्तिको आलोचना गरेका हुन्।
हर्क साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, माटोले भोट थोरै ल्यायो किनकि पैसा खर्चन सकेनौं हाम्ले ! रास्वपाले खर्च टन्नै गर्यो अनि भोट नि टन्नै ल्यायो ! समाज यस्तै त हो नि हौ ब्रो !
उनको यो अभिव्यक्तिले निर्वाचनमा पैसाको भूमिका र मतदाताको मनोविज्ञानमाथि प्रश्न उठाएको छ।
साम्पाङले सीमित स्रोत र साधनका कारण सोचेजस्तो नतिजा आउन नसकेको संकेत गरेका छन्।
अर्कोतर्फ, उनले रास्वपाले ठूलो रकम खर्च गरेकै कारण धेरै मत प्राप्त गर्न सफल भएको दाबी गरेका छन्।































