Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले किन बोलाए उद्योगी-व्यवसायीलाई सिंहदरबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २४ गते


२४ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज आज उद्योगी तथा व्यापार क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।

उद्योगी-व्यवसायीको समस्या र गुनासो सुन्नका लागि उनीहरूलाई बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने उक्त छलफलमा निजी क्षेत्रका प्रमुख व्यावसायिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

कार्यालयका अनुसार छलफलका लागि चेम्बरसँगै नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई पनि निमन्त्रणा गरिएको छ।

सरकारले आगामी बजेट सार्वजनिक गर्नुअघि नै उद्योगी–व्यवसायीहरूले प्रधानमन्त्रीसँग भेटघाट गरी आफ्ना धारणा र सुझाव राख्न चाहेका थिए। सोही सन्दर्भमा यो छलफल आयोजना गरिएको बुझिएको छ।


प्रतिकृया दिनुहोस्