Skip

Hamro Sanchar

बालेन सरकारलाई लाइफभन्दा लाइकको चिन्ता बढी : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २१ गते


२१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन सरकार प्रति कटाक्ष गरेका छन् ।

वालेन्द्र शाह नेतृत्वको सरकारका १०० दिनबारे आज पार्टी मुख्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले सरकार नागरिकको जीवन (लाइफ)भन्दा लाइक (लोकप्रियता)मा लागेको टिप्पणी गरेका गरेका हुन्

‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ । भूमिहिनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैन्थ्यो, त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो,’ उनले भने ।

सभापति थापाले बालुवाटारबाटभन्दा सिंहदरबारबाट शासन गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका छन् ।


प्रतिकृया दिनुहोस्