Skip

Hamro Sanchar

आज दोहामा अमेरिका र इरानबिच वार्ता हुने ट्रम्पको दाबी, इरान भन्छ : तेस्तो कुनै तालिका छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १६ गते


Advertisement

१६ असार, काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले आज कतारको राजधानी दोहामा आफ्नो देश र इरानबिच महत्त्वपूर्ण वार्ता हुने दाबी गरेका छन्।

ट्रम्पले यस वार्ताका लागि इरान आफैँले अनुरोध गरेको दाबी पनि गरेका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाको लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताए।

उनले भने, ‘छलफल जुन १७ मा दुई देशबिच हस्ताक्षर भएको समझदारी पत्र ९एमओयू० लाई अगाडि बढाउनमा केन्द्रित हुनेछ।’

अमेरिकी अधिकारीहरूका अनुसार वार्ताका लागि विशेष दूत स्टिभ विटकफ दोहाका लागि प्रस्थान गरिसकेका छन्। यद्यपि ट्रम्पका ज्वाइँ जेरेड कुसनर उनीसँगै छन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन।

अर्कातर्फ इरानको विदेश मन्त्रालयले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै अमेरिकासँग कुनै पनि स्तरमा राजनीतिक वार्ताको तालिका नभएको बताएको छ।

मन्त्रालयले भनेको छ, ‘इरानले दोहामा एक विशेषज्ञ प्रतिनिधिमण्डल मात्र पठाउनेछ, जसले एमओयूलाई अगाडि बढाउने र कतारमा रोकिएका इरानी सम्पत्ति फुकुवा गर्नेजस्ता प्राविधिक मुद्दामा काम गर्नेछ।’


प्रतिकृया दिनुहोस्