Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विष्णु पौडेल अरु ३ दिन हिरासतमा बस्ने, अदालतले दियो अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १५ गते


Advertisement

१५ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सोमबार विशेष अदालत, काठमाडौँले पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि सोमबार अदालतमा पेश गरेको थियो। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभागले पौडेलविरुद्ध अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्