Skip

Hamro Sanchar

उपसभापतिमा हारेपछि तोसिमाकाे स्टाटस् : पार्टीको आवाज हुँ, रहिरहनेछु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १३ गते


Advertisement

१३ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा पराजित नेतृ डा. तोसिमा कार्कीले आफू पार्टीको बलियो आवाज बनेर निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

महाधिवेशनको प्रक्रियामा उपसभापतिमा सोविता गौतमसँग पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेकी हुन्।

कार्कीले बलियो सङ्गठन, निडर नेतृत्व र स्पष्ट विचार बोकेर अगाडि बढ्ने दृढता व्यक्त गर्दै भनेकी छन्, ‘सुरुवाती दिनदेखि पार्टी निर्माण तथा सबलीकरणको यात्रामा दिनरात सङ्घर्ष र योगदान दिनुहुने सम्पूर्ण घण्टीमित्रहरूलाई सम्झन चाहन्छु। महाधिवेशनको यो यात्रामा प्राप्त अथाह माया, साथ र विश्वासको साक्षी हुन पाउनु मेरा लागि गर्वको कुरा हो। म पार्टीको आवाज हुँ र रहिरहनेछु।’

महाधिवेशनमा प्राप्त मतपरिणामबारे जानकारी दिँदै उनले पहिलो चरणको मतदानमा २,९६९ मत खसेकोमध्ये २,३०२ मत प्राप्त गरेको र दोस्रो चरणमा खसेको १,३६१ मतमध्ये ५७२ मत (करिब ४२ प्रतिशत) प्राप्त गरेको उल्लेख गरेकी छन्।

यस लोकतान्त्रिक प्रक्रियामा सहभागी प्रतिनिधि, पर्यवेक्षक, युवा समर्थक तथा पार्टीका सम्पूर्ण कार्यकर्ताहरूप्रति उनले कृतज्ञता ज्ञापन गरेकी छन्। रास्वपाको आन्तरिक लोकतन्त्र र संगठन विस्तारको अभियानमा आफ्नो सक्रियता यथावत् रहने उनको सन्देश छ ।


प्रतिकृया दिनुहोस्