
१२ असार, काठमाडौं । रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।
आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।
महिलातर्फ डाँगी, सहमहामन्त्री खुलातर्फ शाह र ढकाल निर्वाचित भएका छन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् ।
त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छिन् । उनले ७ सय ३७ मत प्राप्त गरिन् ।






























