Skip

Hamro Sanchar

रास्वपा उपसभापतिमा सोविताको उम्मेदवारी, प्रतिभा रावल प्रस्तावक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १२ गते


१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि महिलातर्फ सांसद सोविता गौतमले उम्मेदवारी दर्ता गराएकी छन् ।

गौतमको उम्मेदवारीमा केन्द्रीय सदस्य प्रतिभा रावल प्रस्तावक रहेकी छन् । कानुनमन्त्रीसमेत रहेकी गौतमको प्रस्तावक भूमिमन्त्री रावल बनेकी हुन् ।रास्वपाले केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न गरिसकेको छ ।

पदाधिकारीको उम्मेदवार मनोनयनमा प्रस्तावक १ जना र समर्थक पनि १ जना भए हुने व्यवस्था छ ।

उपसभापतिको पुरुषतर्फ स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक थिए ।


प्रतिकृया दिनुहोस्