Skip

Hamro Sanchar

रास्वपा निर्वाचनः यस्तो छ कोसीको मत परिणाम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ११ गते


११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा कोसी प्रदेश समूहको मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणामअनुसार निशा मेहताले सबैभन्दा बढी १८६१ मत प्राप्त गरेकी छन् । त्यसपछि विश्वराज पोखरेलले १४६० मत, शोभा कार्कीले १२०४ मत र कल्पना थापाले ९३९ मत प्राप्त गरेका छन् ।

यस्तै सुजाता तामाङले ८३९ मत, लालविक्रम थापाले ७८३ मत, सयमलाल चौधरीले ७५८ मत, प्रकाश पाठकले ७४३ मत, वीरेन्द्र श्रेष्ठले ६३१ मत, राजकुमार राईले ६२४ मत र पारमणि गेलालले ६१३ मत प्राप्त गरेका छन्।


प्रतिकृया दिनुहोस्