Skip

Hamro Sanchar

धादिङमा दुईवटा बस आसपमा ठोक्किँदा  १२ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा दुईवटा बस आसपमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पोखरा र वीरगञ्जका लागि छ्टेका बस गएराति आपसमा ठोक्किएका हुन् । घाइतेलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो ।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्राम्भिक अनुमान छ । घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्