
२० बैशाख, काठमाडौं । खोला र नदी किनाराका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत आइतबार काठमाडौंको अनामनगरमा रहेको ७ तले भवन भत्काउने काम शुरू भएको छ ।
धोबीखोलाको किनारामा सार्वजनिक जग्गा मिचेर बनाइएको सो संरचना भत्काउन लागिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको भवन भत्काउने काम शुरू भएको जानकारी दिए । शुरूमा प्रहरीले भवनमा रहेका सामान बाहिर सार्ने काम गरेको थियो ।
बालेन शाह प्रधानमन्त्री बनेको एक महिनामै सरकारले काठमाडौंका खोला किनाराका सुकुम्बासी बस्ती खाली गरिरहेको छ ।
अधिकांश ठूला बस्ती खाली भइसकेको पौडेलले जानकारी दिए ।













