Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डोजर चल्ने डरले घरका भित्तामा लालपूर्जा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १८ गते


Advertisement

१८ बैशाख, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरको भित्तामा जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका छन्।

वैधानिक भए पनि भिडभाडमा डोजर चल्ने डरले आफनो जग्गाको लालपूर्जा र नक्सा घरअघि टाँसेको स्थानीयले बताएका छन्। उनीहरुले सामान पनि सारेका छैनन्।

भत्काउने लाइनमै रहेका तर कागजात भएकाहरुले यसो गरेका हुन्। अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ। अहिले विभिन्न ठाउँमा सुकुम्बासी बस्तीहरु खाली गराइरहेको छ ।

नदी किनारमा रहेको सुकुम्बासाी बस्तीमा डोजर चलेपछि जग्गाको लालपूर्जा भएका स्थानीयहरु समेत त्रसित छन् ।


प्रतिकृया दिनुहोस्