Skip

Hamro Sanchar

रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १७ गते


१७ वैशाख, काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन् । रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको हो ।

जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ ।

लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ ।

भोलि जलजलामा मेला लाग्ने र सोही मेला भर्न गएकाहरू चढेको जिप दुर्घटना भएको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्