Skip

Hamro Sanchar

विकल दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ६८ करोड ९४ लाख बिगो माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


काठमाडौं । विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा संलग्न रहेको अभियोगसहित विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख बिगो मागदामबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक रहेका पौडेलले अवैध रूपमा विदेशी विनिमय कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गरेको छ । पौडेल दम्पतीले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको पुष्टि भएको दाबी विभागको छ ।

विभागले कुल ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो कायम गरेको छ । विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार (वैशाख १६) काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।


प्रतिकृया दिनुहोस्