Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुकुम्बासीलाई सास्तीबारे रवि: परिवर्तन संघारमा अलिकति दुःख त हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


Advertisement

१४ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले बस्तीमा डोजर लगाउँदा सुकुम्बासीलाई सास्ती भएको स्वीकार्दै परिवर्तनको संघारमा अलिकति दुःख हुने प्रतिक्रिया दिएका छन् ।

आज सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले भोलिको पुस्ताका लागि सहज हुने दाबी गरेका छन्

अलिकति दुःख हुन्छ। परिवर्तनको यो संघारमा काहीँ न काहीँ, कतै न कतै अलिकति दुःख त सबैलाई हुन्छ,’ लामिछानेले भने, ‘भोलिको पुस्ताले पाउने नतिजा छ। अब आउने पुस्ताले हामीले भोगेको जस्तो पिडा भोग्नु नपरोस् भन्ने हो। नियमित प्रक्रिया भनेर मानिदियो भने भोलिका लागि राम्रो हुन्छ।’

काठमाडौँका सुकुम्बासीले बस्ती छोडेको विषयमा पनि उनले राज्यप्रतिको भरोसाका रुपमा अथ्र्याए। ‘सरकारप्रति नागरिकको विश्वास बन्यो भने यस्तो वातावरण बन्छ। नागरिकको विश्वास जित्नु ठूलो कुरा हो,’ उनले भने।

सुकुम्बासी बस्तीमा डोजर चलाउँदा आफू छाती थाप्न आउने भनाइबारे पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। त्यसमा भने उनले बच्ने कोसिस गरे। आफ्नो भनाइलाई काटेर सेयर गरिएको दाबी गरे।

‘खासमा त्यो मैले बोलेको भन्दा आधा अंश मात्रै बाहिर ल्याइयो, त्यसले गर्दा मेरो खोजी भएको होला। म नेताका रूपमा जनताको घर–घर पुग्न नसकुँला, तर हाम्रो नीति हरेक घरमा पुग्नेछ। हरेक भान्सामा पुग्नेछ,’ लामिछानेले थपे, ‘नेताका रूपमा व्यक्तिको दायरा हुन्छ तर नीतिका रूपमा रास्वपाको नीति हरेक घरमा पुग्नेछ। अन्ततोगत्वा सबै कुरा सहज हुन्छ।’


प्रतिकृया दिनुहोस्