Skip

Hamro Sanchar

कूटनीतिक राहदानीबारे  सभामुखले दलहरूसँग गरे परामर्श

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानी वितरणबारे छलफल सुरु गरेका छन्।

बुधबार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएर सभामुख अर्यालले कूटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन्।

कूटनीतिक राहदानीको माग सांसदहरूले गरिरहेका बेला त्यसको दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की प्रमुख सचेतक खुश्वु ओलीले बताइन्।

विगतमा सांसदहरूले नै कूटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श सुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमति गरिएको पनि ओलीले बताइन्।

विशेष काममा मात्रै कूटनीतिक राहदानी उपलब्ध गराइने कानुनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकले जोड दिएका थिए।

छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले कुटनीतिक राहदानीको प्रयोग सम्बन्धि विद्यमान कानुन व्यवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए ।


प्रतिकृया दिनुहोस्