Skip

Hamro Sanchar

भोलि र पर्सि तीव्र हावाहुरीको पूर्वानुमान, सर्तकता अपनाउन अनुरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ५ गते


काठमाडौं । स्थानमा शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान छ । पश्चिम र पूर्वी नेपालका केही जिल्लामा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार दाङ र नेपालगन्ज (बाँके) सहित लुम्बिनी प्रदेशको तराई क्षेत्र आसपासका जिल्लामा हावाहुरीको पूर्वानुमान छ । “पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर (मोरङ), धनकुटा र धरान (सुनसरी) आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झन्डै ३३ मिटररसेकेन्ड वा करिब ११९ किमिरघण्टा)चल्ने सम्भावना रहेको छ,” विभागले भनेको छ ।

हावाहुरीसँगै विभिन्न जोखिमको सम्भावना रहन्छ । “यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ,” विभागले भनेको छ, “यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।” अबका तीन दिन देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको पनि पूर्वानुमान छ


प्रतिकृया दिनुहोस्