Skip

Hamro Sanchar

गोलि हानेर श्रीमतीको हत्या गरेपछि युवकले आफुमाथि चलाए गोलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ५ गते


कैलालि । । कैलालीमा एक युवकले गोलि हानि श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको बताए ।

श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीको भनाइ छ । घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मृतक संजिताको शव घटनास्थलमै रहेको छ । माइती पक्ष आएपछि उठाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको डीएसपी तिमिल्सिनाले बताए ।


प्रतिकृया दिनुहोस्