
काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीमा गुटबन्दी नगर्न आफ्ना सांसदलाई चेतावनी दिएका छन्।
सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै लामिछानले भने गुट नबनाउनुहोला । गुट बनाएर कांग्रेस एमालेलाई जित्न सकिँदैन मिछानेले भने, मकेन्द्रित राजनीति नगरौँ । देशकेन्द्रित गरौँ ।
साथै सभापति लामिछानेले मन्त्री बन्न दौडधुप नगर्न पनि सांसदहरूलाई चेतावनी दिएका छन् । मन्त्री बन्न दौडधुप गर्ने परिपाटी अन्त्य हुनैपर्ने बताए ।
मन्त्री बन्न कहीँकतै दौडधुप नगर्नुहोला । यो पसल बन्द हुनैपर्छ । घरघर धाउनुपर्दैन । कसैँसँग फोटो खिच्ने काम नगर्नुहोला उनले भने ।
यस्तै लामिछानेले जनताले परिवर्तन चाहेमा कुनैपनि शक्तिले रोक्न नसक्ने बताएका छन् । उनले भने देश र जनताले परिवर्तन चाहेपछि दुनियाको कुनैपनि शत्तिले केहि गर्न नसक्ने बताएका हुन् ।














