
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्।
प्रधानमन्त्री कार्कीले नेकपा संयोजक प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई बालुवाटारमा बोलाएर धन्यवाद दिएकी थिइन्। प्रचण्डले भनेका थिए, यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो ।
उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ,’ भनेकी थिइन् ।
उनले निर्वाचनमा विजय नेताहरुलाई बधाई दिँदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।












