Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुधन गुरुङले : म तलब खान्न, आफ्नै गाडी चढ्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने घोषणा गरेका छन् । गोरखा क्षेत्रनम्बर १ मा रास्वपाबाट निर्वाचित गुरुङले यस्तो घोषणा गरेका हुन् ।

पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका सांसद गुरुङले आफू तलब भत्तासहित सरकारी सेवा सुविधा नलिने बताएका हुन्।

उनले भने, ‘म तलब खान्न, किन खानुरु हामी आफैँ सक्षम छौँ।’उनले गाडी पनि आफ्नै चढ्ने बताए। यद्यपि सांसदलाई गाडीको सुविधा हुँदैन ।

गुरुङ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरेर विजयी भएका हुन् ।


प्रतिकृया दिनुहोस्