Skip

Hamro Sanchar

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका ६ किशोर बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २ गते


बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका ५ जना किशोर बेपत्ता भएका छन् ।

सुर्खेतका ति युवाहरु फागुन २३ गते शिकार खेल्न गएकोमा घर नर्फकीएपछि प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक डिएसपी मोहनजँग बुढाथोकिले जानकार दिएका छन् ।

सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेको डीएसपी बुढथापाले बताए।

सम्पर्कविहीन हुनेहरू गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्