Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

किशोरीको पक्षमा आएन आदेश, मातृकाको सांसद पद जोगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १ गते


Advertisement

 

काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको उजुरीका आधारमा आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साह सर्वोच्च गएका थिए।

यसअघि शुक्रबार सर्वोच्च अदालतले नै साहलाई कालोसूचीबाट हटाउन आदेश दिएको थियो। कर्जा सूचना केन्द्रले नै उनको नाम कालोसूचीबाट हटाउने पत्र पठाएपछि सर्वोच्चले त्यही अनुसार आदेश जारी गरेको थियो।

कालो सूचीबाट हटाउने आदेश भए पनि सर्वोच्चले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध आदेश गर्दै उनलाई सांसद घोषणा गर्न भने अस्वीकार गरेको हो।

यसअघि आयोगले यो क्षेत्रमा दोस्रो बढि मत ल्याएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई सांसदको प्रमाण पत्र दिइसकेको छ।

किसोरीको उम्मेदवारी खारेज भए पनि आयोगले उनको चुनाव चिह्नमा आएको मतको विवरण पनि राखेको थियो। त्यतिबेलै आयोगले पछि सर्वोच्चको आदेश अनुसार हुने भन्दै यादवलाई प्रमाण पत्र दिने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्