Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपा बैठकमा बालेन अनुपस्थित, रबि भने भर्चुअल रुपमा सहभागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १ गते


Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक अहिले बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ। प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ सिट जितेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेको रास्वपाले महत्वपूर्ण विषयमा छलफल गर्न बैठक बोलाएको हो।

बैठकमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह भने उपस्थित छैनन्। सभापति लामिछाने बिरामी परेका कारण घरबाटै भर्चुअल माध्यममार्फत बैठकमा सहभागी भएको जनाइएको छ।

वरिष्ठ नेता बालेन्द्र साह भने बैठकमा अनुपस्थित रहेका छन्।

पार्टी प्रवक्ता मनिष झाले बैठकले समानुपातिकतर्फका सांसदहरूको नाम चयन गर्ने जानकारी दिए। उनका अनुसार बैठकमा सरकार गठनका सम्भावित रणनीतिसहित अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको छ।


प्रतिकृया दिनुहोस्