
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चुनाव हारेकोमा आफुलाई विश्वास नलागेको संकेत गरेकी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव हार्छन भन्ने लागेपनि गगन थापाले जित्छन भन्नेमा आफु रहेको तर त्यसो नभएको भन्दै आफु अचम्म परेको बताईन ।
गगन थापा निकटस्थहरुसँग उनले यस्तो बताएकी हुन् । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता अमरेसकुमार शाहसँग पराजित भएका थिए ।













