Skip

Hamro Sanchar

रविको निर्देशनपछि सर्यो रास्वपा सचिवालय बैठक, आइतबार बस्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३० गते


काठमाडौं । आज (शनिबार)बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते आइतबार राखिने भएको हो।

सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा बस्ने उनले बताए।

उनका अनुसार बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस र विविध छन्।

निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी पेस गर्न दलहरूलाई गत बिहीबार नै पत्र पठाइसकेको छ।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले १८२ सिट जितेर एक्लै सरकार गठन गर्दै छ ।


प्रतिकृया दिनुहोस्