
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनावमा २३ लाख ८६ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।
काठमाडौँ ५ बाट उम्मेदवार भएका पौडेलले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा खर्च विवरण बुझाउँदै २३ लाख ८६ हजार ३६८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् ।
उनी काठमाडौँमा अहिलेसम्म खर्च विवरण बुझाउने २८ औँ उम्मेदवारसमेत भएका छन् ।
खर्च विवरणअनुसार सबैभन्दा धेरै प्रचार प्रसार सामग्रीमा ५ लाख ५३ हजार ३५० रुपैयाँ खर्च भएको देखाएका छन् ।
त्यस्तै सवारी साधनमा ४ लाख ९० हजार, मानव स्रोत साधन तथा विविधमा ४ लाख ६४ हजार२५० रुपैयाँ खर्च भएको छ । मतदाता भेटघाट तथा सभा गर्दा ३ लाख ३९ हजार ९२५ रुपैयाँ खर्च भएकोसमेत उल्लेख छ ।
साथै फोन तथा मिडिया खर्चका रूपमा २ लाख ५५ हजार ७८ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।
सम्पर्क कार्यालय सञ्चालन गर्दा २ लाख २५ हजार ८२५, प्रिन्टिङ एन्ड स्टेशनरीमा ४७ हजार ९४० तथा मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको विवरणसमेत उनले पेश गरेका छन् ।














